मंगलबार सेयर बजारको परिसूचक नेप्से ७।१३ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७६५ अंकमा पुगेको छ ।
बजार बढे पनि धेरैजसो कम्पनीको मूल्य घटेको छ । १३२ कम्पनीको मूल्य घट्दा १०४ को बढ्यो भने ९ को स्थिर रह्यो । पुँजीकरणका आधारमा ठूला कम्पनीको मूल्य बढ्दा बजारमा यस्तो प्रभाव देखिएको हो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ११ अर्ब ८ करोडको कारोबार भएकोमा आज ९ अर्ब ९० करोडको भयो । अन्य समूह सबैभन्दा धेरै २।९ प्रतिशत बढ्यो ।
त्यस्तै उत्पादन ०।१८, जीवन बीमा ०।८१, लगानी ०।७७, होटल तथा पर्यटन ०।०५ र बैंकिङ सेक्टर ०।०२ प्रतिशत बढे । विकास बैंक ०।१२, फाइनान्स ०।७१, माइक्रोफाइनान्स ०।१५, निर्जीवन बीमा ०।२८ र व्यापार समूह २।५१ प्रतिशत घटे । दुई कम्पनी गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र नेपाल ल्युब आयलको मूल्य १० प्रतिशत बढेको थियो । त्यस्तै सपोर्ट माइक्रोफाइनान्सको मूल्य ८।९६, भूगोल इनर्जीको ८।४१ तथा नेपाल पुनर्बीमाको मूल्य ६।२८ प्रतिशत बढ्यो ।
त्यस्तै विन नेपाल लघुवित्तको ८।९७, राप्ती हाइड्रोको ६।६८, रिलायन्स फाइनान्सको ४।६१, छ्याङ्दी हाइड्रोपावरको ४।१७ र बोटलर्स नेपाल बालाजुको मूल्य ४।०४ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, एचआईडीसीएल, एनआरएन इन्फ्रास्ट्रक्चर तथा सीईडीबी होल्डिङ्स क्रमशः अगाडि रहे ।