सैयाराु ले थ्री इडियट्सु, डंकीु र सुल्तानु लाई पार्‍यो पछि

0 Shares

सुपरहिट हिन्दी फिल्म ुसैयाराु ले प्रदर्शनको क्रममा धेरै कीर्तिमानहरू तोड्दै ५७० करोड भारू ग्रस कमाएको छ।

नयाँ कलाकारहरू अहान पाण्डे र अनित पड्डा अभिनीत फिल्मले बलिउडका कयौं सफल फिल्महरूलाई समेत पछि पारेको छ।

हिन्दुस्तान टाइम्सका अनुसार ुसैयाराु ४८ दिनसम्म सिनेमाघरमा चल्यो। र, यो फिल्मले भारतमा ३२९।२५ करोड भारू नेट कमाइ गर्‍यो। यसले सलमान खानको ुसुल्तानु ९३०० करोड०, सञ्जय लीला भन्सालीको ुपद्मावतु ९३०२ करोड० र कार्तिक आर्यनको ुभूल भुलैया ३ु ९२६० करोड० जस्ता ठूला बजेटका फिल्महरूलाई पछि पार्दै घरेलु बजारमा १४ औँ सर्वाधिक कमाउने हिन्दी फिल्म बनेको छ।

विश्वव्यापी गरेर ुसैयाराु ले ५७० करोड भारू कमाएको हो। योसँगै ुसैयाराु यस वर्ष ‘छावा’ पछि दोस्रो सर्वाधिक कमाउने भारतीय फिल्म बनेको छ।

५७० करोड कमाइ ुडंकीु ९४५५ करोड०, ुटाइगर जिन्दा हेु ९५५८ करोड० र ुब्रह्मास्त्रु ९४३१ करोड० जस्ता हालैका हिट फिल्महरू साथै ुथ्री इडियट्सु ९४६० करोड० र ुचेन्नई एक्सप्रेसु ९४२२ करोड० जस्ता ब्लकबस्टरहरू भन्दा बढी हो।

सैयाराु भारतीय फिल्मको इतिहासमा सर्वाधिक कमाउने प्रेम कथानक फिल्म समेत बनेको छ। जसले ुकबिर सिंहु को ३७७ करोडको लाइफटाइम कलेक्सनलाई उछिनेको छ।

यो मुख्य भूमिकामा नवप्रवेशी कलाकारहरू रहेको सर्वाधिक कमाउने फिल्म पनि हो, जसले २०१२ मा ुस्टुडेन्ट अफ द इयरु ले बनाएको १०९ करोडको कीर्तिमानलाई तोडेको छ।

मोहित सुरीद्वारा निर्देशित ुसैयाराु एक गायक र एक गीतकारको प्रेम कहानी हो। नेपालमा पनि फिल्मले आक्रामक व्यापार गरेको थियो।

 

प्रतिक्रिया